सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधबार साबिक विजेता एमेच्योर राहुल विश्वकर्मा पाँच स्ट्रोकको अग्रता बनाएका छन् । उनी शीर्ष स्थानमा आसीन छन् । राहुलले प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई पाँच स्ट्रोकले पछि पारेका हुन् । राहुलले बुधबार एक ओभर ७३ को स्कोर बनाए । उनले समग्रमा १० अन्डर दुई सय ६ स्कोर बनाएका छन् । जयरामले तेस्रो दिन चार अन्डर ६८ को स्कोर निकाले । उनले समग्रमा पाँच अन्डर दुई सय ११ स्कोर बनाएका छन् । उनी दोस्रो स्थानमा उक्लन सफल भए । भुवनकुमार रोक्काले चार ओभ...