१६ पुस, काठमाडौं । आउँदो पुस २५ देखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि जावलाखेल युथ क्लबले पाँच खेलाडी अनुबन्ध गरेको छ । जावलाखेलले दीपेन्द्र बिक, युनेश चौधरी, युवराज ढकाल, अनिष परियार र सुजन गुरुङलाई अनुबन्ध गरेको जनाएको हो । राष्ट्रिय लिग फुटबलका लागि यसअघि पनि विभिन्न क्लबहरूले खेलाडीहरू अनुबन्ध गर्ने क्रम जारी राखेका छन् […]