'प्रहरी हौं' भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ

'प्रहरी हौं' भन्दै रकम असुल्दै हिँडेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी हौं भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूलाई आज काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्या...