पेचिलो बन्यो कांग्रेसको महाधिवेशन विवाद, जोडतोडले अघि बढ्यो विशेषको तयारी

आज १६ पुस अर्थात् नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने दिन । महिनौं लामो विवादलाई निर्णयमा पुर्‍याउँदै १५ मंसिरको केन्द्रीय समिति बैठकले गरेको निर्णय लागु हुन्थ्यो भने यतिबेला देशभरका ६ हजार ७४३ वडामा नेपाली कांग्रेसले नयाँ कार्यसमिति पाउने थियो । तर, विडम्बना वडा अधिवेशन गर्नुपर्ने दिन नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन भन्ने ‘आगो’ सल्किएको छ । संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको पक्ष वर्तमान कार्यतालिका अनुसार महाधिवेशन गर्न नसक्ने स्पष्ट अडानमा छ । ...