लिची बगैंचा काण्ड- पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन विशेषको आदेश

पूर्वमन्त्री राजकुमार गुप्तालाई कारागार चलान हुने भएका छन् ।  पोखराको लिची बगानको जग्गा प्रकरणमा उनलाई विशेष अदालत काठमाडौंले बुधबार थुनामा राख्ने आदेश गरेको हो । न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीराज श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश गरेसँगै उनी कारागार चलान भएका हुन् । उनले ७८ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।  यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा गुप्ता बुधबार थुनछेक बहसका लागि अदालतमा उपस्थित भएका ...