काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढङ्गले चुनाव सम्पन्न गर्नु रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डाैमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा सहसंयाेजक नेपालले भन्नुभयाे, ‘वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढङ्गले चुनाव सम्पन्न गराउनुका साथसाथै केही संरचनाहरूमा सुधार गर्न सकिने पनि भएकाले त्यसमा पनि समय दिनुपर्ने आवश्यक्ता ...