वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ । कोटेश्वर बस्ने १०३ वर्षीया वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । अचेत अवस्थामा अस्पताल आइपुगेकी ती वृद्धाको मस्तिष्कमा ठूलो रक्तश्राव भएपछि न्यूरोसर्जिकल शल्यक्रिया सफलतापूर्वक गरिएको उपचारमा संलग्न चिकित्सक तथा न्यूरो सर्जरी विभागका प्रमुख प्रा डा राजीव झाले जानकारी दिए । “उहाँ अस्पताल आइपुग्दा अचेत अवस्थामा हुनुहुन्थ्यो । विस्तृत जाँच परीक्षण पछि उहाँको मस्तिष्कमा धेरै ठूलो रक्तश्राव भइरहेको पत्ता लाग्यो र तुरुन्तै न्यूरोसर्जिकल शल्य...