घट्यो पेट्रोल र डिजेलको मूल्य, लिटरको कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य घटेको हो । जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ ।  यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ  ।  इण्डियन आयल कर्पोरेशनबाट आज बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रू. ४।१९ ले, डिजेलमा रू. ५।०६ ले, र हवाई इन्धनमा प्रतिलिटर रू. ८।१५ ले घटेर आएको निगमले जनाएको छ । तर, ए...