नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक उम्मेदवारको बन्दसूची प्राप्त भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बुझाइएको बन्दसूचीमा एमालेले नयाँ र पुराना दुवै पुस्ताका नेताहरूलाई समेटेको छ। बन्दसूचीमा खस आर्यतर्फ पूर्वमन्त्री पद्मा अर्याल, कोमल वली, निरुदेवी पाल, टुकाभद्रा हमाल, लता प्रसाईं, मेनुका काफ्ले, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल) लगायतको नाम समावेश छ। पुरुषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शु...