सामाजिक अभियन्ता आशिका तामाङलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले राजनीतिमा आउन सुझाव दिएका छन् । उनले फेसबुकमा गरेको एक पोलमा ९१ प्रतिशतले राजनीतिमा आउन सुझाव दिएका हुन् । तर, उनले आफू दलीय राजनीतिमा नभइ फागुन २१ गतेको निर्वाचनमा आफू स्वतन्त्र उम्मेदवार बन्न चाहेको संकेत गरेकी छन् । आशिकाले सार्वजनिक गरेको विवरणअनुसार फेसबुक पोलमा कुल १ लाख ५१ हजारभन्दा बढीले सहभागिता जनाएका थिए। तीमध्ये १ लाख ३८ हजार ९३३ मत अर्थात् ९१ प्रतिशतले ‘आउनुपर्छ’ भन्ने मत दिएका छन् भने १२ हजार १७५ मत अर्थात् ८ प्रतिशतले ‘नआउ...