हृदयघातका कारण सशस्त्र प्रहरीका डीएसपीकाे निधन

इलाम पशुपतिनगरमा कार्यरत सशस्त्र प्रहरी बलका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण निधन भएको छ।  बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा नियमित पेट्रोलिङ सकेर कार्यालय फर्किएलगत्तै उनी अचानक अस्वस्थ भई ढलेका थिए। घटनापछि तत्कालै उनलाई उपचारका लागि पशुपतिनगर स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि फिक्कल अस्पताल रेफर गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। चिकित्सकहरूले अवस्था अत्यन्त गम्भीर रहेको जनाएपछि मुटुरोग विशेषज्ञसहितको हेलिकप्टरको व्यवस्था गरिएको थियो। फिस्टेल एय...