बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ । सो बैठकले पारित गरेको समिति गठन आदेश मध्ये नव बुद्धपार्क क्षेत्र विकास समिति र त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति रहेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए । सोही बैठकले प्रदेशभित्र सञ्चालनमा रहेको सवारी साधनको केही दस्तुर, कर र जरिवाना छुट दिने निर्णय गरेको छ । बैठकले प्रदेशमा विपन्न नागरिक आकस्मिक उपचार सेवाका लागि रक्तसञ्चार सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको प्...