अत्यधिक चिसो र शीतलहरका कारण शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ । विगत केही दिनदेखि चलिरहेको तीव्र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयको नियमित पठनपाठनमा अवरोध सिर्जना भएकाले विद्यालयमा बिदा दिइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार बढ्दो चिसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै पुस १७ र १८ गते विद्यालयमा बिदा दिइएको छ । “चिसोका कारण साना बालबालिका बढी प्रभावित हुने द...