प्रहरीले रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरि चोकका १७ वर्षीय इसान शर्माको मृत्यु गाडीको ठक्करबाट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी इसानको मृत्युको घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा उनको मृत्यु गाडीको ठक्करबाट भएको जनाएको हो । प्रहरीले यही पुस २ गते नालीमा बेहोस रहेका इसानलाई आफन्तहरुको उपस्थितिमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको र चिकित्सकले मृत्यु भएको जानकारी गराएको विवरण विज्ञप्तिमा उल्लेख गरेको छ । प्रहरीका अनुसार पुस २ गते इसा...