काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले हिजो काठमाण्डौमा गरेको ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा उहाँले यस्तो बनाउनुभएको हो । कार्यक्रममा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, नवयुवाका प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रमका वक्ताहरुले अर्थतन्त्रका समस्यालाई आत्मसात् नगरिए समृद्धि हासिल नहुने र दीर्घकालिन विकास तथा प्रगति नहुने बताउनुभयो । अब सबैको जोड समृद्धि, विकास र ...