भारतीय पाहुनाले भरिए बर्दिबासका होटल

इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन् । बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन् ।  भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, मधुवनी, दरभङ्गा र मुजफ्फरपुरसहितका भारतीय पाहुनाले बर्दिबासस्थित होटलमा निकै चहलपहल रहेको होटल गौतमका सञ्चालकसमेत रहेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेशका अध्यक्ष हिरालाल गौतमले बताए । 'पछिल्लो एक दशकयता नयाँ वर्षका अवसरमा बर्दिबास भारतीय पाहुनाको छनोटमा पर्दै आएको छ । यसले यहाँका पर्यटकीय स्थलक...