तराईंमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् ।  महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ ।  यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्...