कोशी प्रदेश सरकारले अघि सारेका दर्जनौँ विकास आयोजनाहरू वर्षौंदेखि अलपत्र परेका छन् । निर्माण व्यवसायीको चरम लापरबाही, बैंकहरूको असहयोग र सरकारी संयन्त्रको निरीहताका कारण यी आयोजनाहरू अलपत्र परेका हुन् । प्रदेशका गौरवका र बहुवर्षीय आयोजनाहरू अझै ‘रुग्ण’ रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको पछिल्लो तथ्यांकले देखाउँछ । मन्त्रालयले तयार पारेको विवरणअनुसार आर्थिक वर्ष २०७२/७३ देखि शुरू भएका सडक तथा पुलका योजनाहरू अझै सम्पन्न हुन सकेका छैनन्, जसले गर्दा राज्यको अर्बौँ रुपैयाँ लगानी भए पनि प्रतिफल शून्य प्राय: दे...