यी देशहरूले लगाए अमेरिकी नागरिकका लागि यात्रा प्रतिबन्ध

माली र बुर्किना फासोले अमेरिकी नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका छन्। उनीहरूले अमेरिकी नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने बताएका हुन्। ट्रम्प प्रशासनले दुवै देशहरूमा यात्रा प्रतिबन्ध लगाएको छ र यसको प्रतिक्रियामा यी दुई देशहरूले यो कदम चालेको बीबीसीले जनाएको छ ।  बुर्किना फासोका विदेशमन्त्री कारामोको जीन-मारी ट्राओरले उनको सरकार पारस्परिकताको सिद्धान्तमा काम गरिरहेको बताए ।  मालीको विदेश मन्त्रालयले पारस्परिक सम्मान र सार्वभौम समानताको लागि आह्वान गरेको छ। केही दिनअघि, छिमेक...