विश्वभर नयाँ वर्षको उल्लास [तस्वीरहरू]

इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरू भएको छ । येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर विकसित गरिएको ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष मनाउने चलन विश्वव्यापी रूपमा फैलिँदै गएको छ । विश्वका विभिन्न देश र शहरहरूमा हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्षको अवसरमा युरोप, अमेरिका, एशिया, अफ्रिका र अस्ट्रेलियाका प्रमुख शहरहरूमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको टाइम्स स्क्वायरमा बल ड्रप समारोहमा लाखौँ मानिस सहभागी भएका छन् । नेपालमा पनि पछिल्ला वर्षहरूमा...