समानुपातिकको सूचीमा रहेका उम्मेदवारले नाम फिर्ता लिएमा मात्रै अर्को नाम राख्न पाइने

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने चुनावको लागि दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर चर्को विवाद र आलोचना भइरहेको छ । आफन्त, पहुँचवाला र चर्चित अनुहार मात्र हेरिएको भन्दै आलोचना भएको हो । पार्टीभित्र र बाहिरबाट समेत आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधिभन्दा बाहिरबाट समानुपातिकमा समेटिएका नाम काटिने बताउनुभयो । तर निर्वाचन आयोगले नाम हेरफेर गर्न नमिल्ने, सच्याउन मात्रै मिल्ने बताएको छ । बन्दसूचीमा रहेका उम्मेदवारले नै नाम फिर्ता लिन चाहेमा उसको ...