बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा सहज रूपमा गाडी चल्न थाले

काठमाण्डौ – शीतका कारण सडक भिजेर हिलो भएपछि गाडी चलाउन समस्या भएको पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा हिजो दिउँसोदेखि सहज रूपमा गाडी चल्न थालेका छन् । तीन दिनदेखि सडक चिप्लो भएपछि गाडी चल्न सकेका थिएनन् । जसका कारण लामो जाम भएको थियो । यात्रुहरूले झन्डै ३०–३२ घण्टा जाममा बस्नुपर्ने अवस्था थियो । दाउन्ने प्रहरी चौकीका अनुसार अहिले दुईतर्फी रूपमा सहजै गाडी चल्न थालेका छन् । सडक खण्ड निर्माणाधीन रहेकोले शीत धेरै परेको बेला ठूला र मालबाहक गाडी उकालो चढ्न समस्या हुने गरेको छ । दाउन्ने खण्डको १४ किल...