ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक युद्धस्थल पर्सागढीमा विजय उत्सव मनाइने भएको छ । गोर्खाली सेनाले ऐतिहासिक जित हात पारेको अवसरमा पारेर यस वर्ष पनि २११औँ विजय यही पुस १९ गते भव्य कार्यक्रम गरेर उत्सव मनाउन लागिएको पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले बताए । उनले विभिन्न कालखण्डमा भएको क्रान्तिले मुलुकभित्र सत्ता मात्रै परिवर्तन गरे पनि विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबीच भएको युद्धले नेपाल जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह ...