पूर्वमन्त्रीलाई थुनामा पठाउने आदेशदेखि कांग्रेसमा महाधिवेशनको लफडासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– पूर्वमन्त्री राजकुमार गुप्तालाई कारागार चलान हुने भएका छन् । पोखराको लिची बगानको जग्गा प्रकरणमा उनलाई विशेष अदालत काठमाडौंले बुधबार थुनामा राख्ने आदेश गरेको हो । न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश गरेसँगै उनी कारागार चलान भएका हुन् । उनले ७८ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । ०००० बुधबार १६ पुस...