सुनसरीको कोशी गाउँपालिकामा बुधबार राति गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) लौकही नजिकै पर्ने सो स्थानमा बुधबार राति करिब १ बजे गोली चलेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार रातिको समयमा सिटी सफारीबाट सामान ल्याएर आउँदै गर्दा गोली हानि हत्या गरिएको हो । घट्ना भएको स्थाल भारतीय नाकाभन्दा ५ सय मि...