मुस्ताङमा बाह्य पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ – मुस्ताङमा बाह्य पर्यटकको आगमन सङ्ख्या बढेको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४ सय ३ जना बाह्य पर्यटकको सङ्ख्या बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा अघिल्लो वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन बढेको हो । जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म कूल एक लाख ६१ हजार १ सय २२ जना बाह्य पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७ सय १९ जना बाह्य प...