बजेटको अर्धवार्षिक समीक्षा हुँदै, यस वर्ष पनि आकार घटाउन लागिएको हो ?

सरकारले यस वर्ष पनि अर्धवार्षिक समीक्षामार्फत् चालू आर्थिक वर्षको बजेटको आकार घटाउने तयारी गरेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको ६ महिने खर्च र राजस्व परिचालनको समीक्षामार्फत् बजेटको आकार घटाउने तयारी गरिएको हो । सकेसम्म बजेटलाई सानो बनाउने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो । ‘सरकारको आम्दानी र खर्च हेर्दा निकै कमजोर देखिन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘यस कारण सरकारले बजेट खर्चमा संशोधन गर्ने देखिएको छ । राजस्वको लक्ष्य पनि घटाइने सम्भावना छ ।’  चालू...