काठमाण्डौ – इस्वी संवतको नयाँ वर्ष सन् २०२६ को स्वागतमा देशका विभिन्न ठाउँमा कार्यक्रम भएका छन् । प्रमुख पर्यटकीय ठाउँ तथा मुख्य शहरहरुमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको छ । विषेशगरी काठमाण्डौको ठमेल, भक्तपुरको नगरकोट, कास्कीको पोखरा, चितवनको सौराहा, सुनसरीको धरान, मोरङको विराटनगर, कैलालीको धनगढी, तनहँुको बन्दीपुरलगायत शहरहरुमा हर्सोल्लासका साथ नयाँ वर्षको स्वागत गरिएको छ । घुम्न आएका बाह्य पर्यटक पनि नयाँ वर्षका विभिन्न सांंगीतिक कार्यक्रममा रमाएका छन् । विषेशगरी युवा पुस्तामा यसको प्रभाव बढ...