बसन्तपुरमा टोपी दिवसको रौनक [तस्वीरहरू]

आज जनवरी १, सन् २०२६ का दिन राष्ट्रिय पोसाक र टोपी दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस विभिन्न युवा संस्थाहरूको आयोजनामा काठमाडौंको वसन्तपुरमा मनाइयो। कार्यक्रममा सहभागीहरूले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान–प्रदान गरेका छन्। नेपाली पहिचानका प्रतीक दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण तथा प्रवर्द्धन ...