काठमाण्डाै – सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीयवासीले प्रदर्शन गरेका छन् । तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको सशस्त्र प्रहरीले गएराति गोली चलाउँदा स्थानीय बासिन्दा ४५ वर्षीय विजय साहको घटनास्थलमै ज्यान गएको थियो । सीमावर्ती क्षेत्रबाट दुई–तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरी/तस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भीडन्त भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाको दाबी छ । तर स्थानीयवासीले भ...