काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीयले माइतीघरमा प्रदर्शन गरेका छन्। 'गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समिति'को ब्यानरमा सडकमा आएका प्रदर्शनकारीले 'फैसला होइन न्याय देऊ' र 'मापदण्डका नाममा जनता विस्थापित गर्न पाइँदैन'जस्ता नारा लगाएका थिए । उनीहरूले खोला किनारको थप मापदण्डले हजारौं सर्वसाधारणको उठिबास हुने र वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनको हक खोसिने बताएका छन् । प्रदर्...