सुनसरी गोली प्रकरण : सडकमै अस्ताए विजय, ढल्यो सिङ्गो परिवारको जग

बुधबार राति १० बजेतिरको समय । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका ४५ वर्षीय विजय साहले श्रीमती गीतालाई सुत्नुअघि एउटा भने– ‘सामान लिन जानु छ, म छिट्टै लिएर आइहाल्छु है !’ विजय आफ्नो गुजाराको सारथि ‘सिटी सफारी’ लिएर घरबाट निस्किए । श्रीमती गीतालाई लागेको थियो- श्रीमान्‌ले केही बेरमा खाद्यान्न लिएर आउनेछन्, अनि सँगै बसेर खाना खाएर सुतौँला । तर, मध्यरातको त्यो सामान्य संवाद नै विजयको अन्तिम वचन बन्यो । घरबाट केही मिटरको दूरीमा निस्किएका विजय जीवित...