राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं सरकारसँग वार्ता गर्न सिंहदरबार पुगेका छन् । वार्तामा प्रधानमन्त्री सुशीला कार्कीसहित सञ्चार तथा तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी थिइन् । बालुवाटारमा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले उनलाई बुद्धको चित्र उपहार दिएकी थिइन् । सोही क्रममा प्रधानमन्त्री कार्कीले मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएक...