स्विस स्की रिसोर्टमा भएको विस्फोटमा धेरै जनाको मृत्यु भएको छ । विस्फोटमा धेरै जना घाइते भएको बीबीसीले जनाएको छ । मृतकको यकिन संख्या भने सार्वजनिक भएको छैन । स्थानीय समयानुसार बिहान १:३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा बारमा आगो लागेको देखिन्छ। बारले नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव आयोजना गरिरहेको थियो। स्विस आल्प्स पर्वत शृङ्खलामा अवस्थित एक लक्जरी स्की रिसोर्ट हो। यो स्विट्जरल्याण्डको राजधानी बर्नबाट लगभग दुई घण्टाको ड्राइभमा छ। यो शहर बेलायती पर्...