अब्बल प्रदर्शनपछि अवार्डमा आँखा, अवार्डभन्दा कान्छा खेलाडी पनि ‘इतिहास रच्ने’ दौडमा

नेपाली खेलकुदको गौरवशाली इतिहाससँग अभिन्न रूपमा जोडिएको अवार्डको नाम हो, ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड’ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने यो अवार्डको आगामी संस्करण अर्को साता आयोजना हुँदैछ । अवार्डको यो २२औँ संस्करण हो । पक्कै पनि, देशमा क्रियाशील खेलकुद पत्रकारहरूको एउटा सामान्य संस्थाले अत्यन्तै सीमित साधन र स्रोतबीच कुनै अवार्ड स्थापना गरेर त्यसलाई नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डका रूपमा स्थापित गराउनु चानचुने उपलब्धि होइन । समयको कुनै कालखण्डमा अत्यन्तै सामान्य तरिकाले वि...