कुमारी बैंकको एटीएम मशिन तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका ३ माल्टा घर भई ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर २३ धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् । कुमारी बैंकको एटीएम मशिन तोडफोड भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई चापागाउँ दोबाटोबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ...