जाजरकोटकी सुमी खड्का भाषणकला सम्बन्धी राष्ट्रियस्तरको रियालिटी शो ‘द स्पिकिङ टाइटन’को फाइनलमा प्रवेश गरेकी छिन् । भेरी नगरपालिका-४ की खड्का ३००० भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै फाइनलमा पुगेकी हुन् । दामी मिडियाको प्रस्तुति रहेको ‘द स्पिकिङ टाइटन’ रियालिटी शोको प्रशारण ओएसआर रियालिटी युट्युब च्यानल तथा एपीवान एचडी टेलिभिजनमार्फत् हरेक सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको छ । कार्यक्रममा प्रमुख निर्णायक सञ्चारकर्मी दिल भूषण पाठक, पूर्वमिस नेपाल माल्भिका सुब्बा, ईक्यानका अध्यक्ष...