रमेश लेखकसँग कार्की आयोगले लियो ४ घण्टा पूरक बयान

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पूरक बयान लिएको छ । आयोगले बुधबार लेखकसँग सिंहदरबारमा ४ घण्टा बयान लिएको हो । यसअघि आयोगले पुस १४ गते लेखकसँग २ घण्टा बयान लिएको थियो । बयान लिइसकेपछि लेखकले सिंहदरबारमै पत्रकार सम्मेलन गरेका थिए ।  भदौ २३ मा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनले घटनाको नैतिक जिम्मेवारी लिँदै सोही दिन बेलुका राजीनामा दिएका थिए ।  २३ गतेको घटनालाई लिएर २४ गते काठमाडौंलगायत २८ जिल्लामा आन्दोलनकारीले विध्वंश मच्चाएका थि...