काठमाण्डाै – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो क्वाटरफाइनलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२५ र तेस्रो सेट २५–१८ ले जित्यो । यस्तै दोस्रो क्वाटरफाइनलमा पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० कै सोझो सेटमा हरायो । पुलिसले पहिल...