नेपालयबाट आउँदै २५ वर्षमुनिका ७५ लेखक

पब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्दै छ । २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकार नेपालयबाट छापिन लागेका हुन् । नेपालयले सन् २०२५ को पहिलो दिन जनवरी १ मा लेख–रचनाका लागि खुला आह्वान गरेको थियो । ‘२०२५ मा २५ का २५’ शीर्षक दिइएको खुला आह्वानमा सोचेभन्दा धेरै लेखरचना प्राप्त भएको नेपालयले जनाएको छ ।  ‘हामीले तीन विधा कथा, कविता र निबन्धमा रचना आह्वान गरेका थियौं,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘सन् २००० जनवरी १ यता जन्मेका ६ सयभन्दा ...