जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

१७ पुस, काठमाडौं । चीनले जन्मदर बढाउने प्रयासका क्रममा जनवरी १ देखि गर्भनिरोधक सामग्रीमा १३ प्रतिशत बिक्री कर (भ्याट) लगाउने निर्णय गरेको छ। तर बच्चा हेरचाह सेवा, विवाहसम्बन्धी सेवा र ज्येष्ठ नागरिक हेरचाह भने करमुक्त गरिएको छ। यो कर प्रणालीमा गरिएको ठूलो परिवर्तन हो, जसले सन् १९९४ देखि लागू रहेका धेरै कर छुटहरू हटाएको छ। […]