१७ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताएका छन् । बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरू बढिरहेको उल्लेख गर्दै ती अपराधहरू न्यूनीकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन […]