सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका ४५ वर्षीय विजय साहको परिवार र स्थानीय प्रशासनबीच चार बुँदे सहमति भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार पीडित पक्षसँग भएको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत तथा रोजगारीमा सहयोग गर्ने सहमति जुटेको हो । सहमतिअनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ । मृतक साह घरको एक्लो कमाउने व्यक्ति भएकाले उनको परिवारको आर्थिक अवस्थालाई ध्यानमा राख्दै उनकी श्री...