रमेश लेखकको बयान सकियो, ओलीलाई चिठी काट्दै छौं : आयोग अध्यक्ष कार्की

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानको लागि पत्र काट्ने तयारी गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएकाले अब ओलीलाई बयानका लागि पत्र काट्ने तयारी रहेको बताएका हुन् । सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले भने, ‘लेखकको बयान सकियो, अब ओलीलाई बयानका लागि पत्र काट्ने तयारीमा छौं ।’ तर, कहिले पत्र काट्ने भन्ने विषय कार्कीले खुलाएनन् । ओली बयान दिन आए...