ज्वाइँ–जेठान मिलेर दुई अर्ब अपचलन, बचतकर्ताको पैसाले काठमाडौंदेखि झापासम्म जग्गा खरिद

ललितपुरको सातदोबाटोमा सञ्चालित देउराली बचत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बुधबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो । सहकारीका अध्यक्ष चौलागाईं, ऋण उपसमितिका संयोजक राजेन्द्र खत्री (चौलागाईंका जेठान), पूर्व उपाध्यक्ष पूजा खत्री (चौलागाईंकी श्रीमती) र कोषाध्यक्ष मनोज भण्डारी (हाल फरार)विरुद्ध दुई अर्ब २० करोड ९२ लाख ९९ हजार नौ सय ३९ रुपैयाँ अपचलन गरेको आरोप लगाइएको छ । चारै जनाविरुद्ध यसअ...