पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको शङ्कास्पद मृत्यु भएको छ । बुधबार राति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोष्ट बस्ने ३० वर्षीय विनोदकुमार रहेका छन् । उनीहरू उद्योगको 'ग्यास फायरको पोकिङ फलोर'मा एकै ठाउँमा सुतेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी ...