काठमाण्डाै – सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय बासिन्दाको ज्यान गएको घटनाको सत्य/तथ्य पत्ता लगाउन समिति गठन भएको छ । पीडितहरूसँगको सहमतिपछि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा न...