नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूका माग पूरा नभई चुनावमा जान नसकिने अडान सरकारसँग राखेका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँग बिहीबार भएको छलफलपछि प्रसाईंले सक्कली जेनजीलाई रुवाएर चुनाव हुन नसक्ने बताएका हुन् । प्रधानमन्त्री कार्कीले आइतबारसम्मको समय दिएको र सहमति नभए आन्दोलनमा जाने उनले बताएका हुन् । अहिले ११ सय जेनजी प्रहरी हिरासत र जेलमा रहेका उनले दाबी गरे । अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्यालसहित २ घण्टाभन्दा लामो वार्ता भएको थियो...