नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नेतृत्व गरिदिन पार्टी सभापति शेरबहादुर देउवालाई आधिकारिक पत्र दिने भएका छन् । आजै सभापति देउवालाई भेटेर पत्र दिने तयारीमा उनीहरू रहेका छन् । थापा र शर्मा सोही विषयमा अहिले छलफलमा रहेका स्रोत बताउँछ । छलफलपश्चात पत्र लिएर महामन्त्रीद्वय सभापति देउवाकोमा जाने तयारी गरेका छन् । ‘सभापतिले पाँच बजेपछि भेट्नका लागि बोलाउनु भएको छ, त्यही समयमा पत्र दिएर विशेष महाधिवेशनको नेतृत्व गर्ने अनुरोध गर्न...