जनकपुरकी रोशनी झाको हत्या गरेको अभियोगमा उनका श्रीमान प्रशान्त मिश्रलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । रोशनीको आत्महत्या कि हत्या भएको हो भन्ने अन्यौलबीच प्रहरीले गरेको अनुसन्धानपछि हत्याको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोजन गरिएको थियो । प्रशान्तले रोशनीलाई कुटपिट गर्नुका साथै घाँटी थिची हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले गरेको अनुसन्धानबाट खुलेको थियो । प्रतिवादी एक बालक समेत रहेकाले सरकारी वकिल कार्यालयले अभियोगपत्रमा सबै प्रतिवादीको सांकेतिक नाम मात्र राखे...